FAQs Complain Problems

समाचार

गाउँपालिका भवन

Read More

सक्रान्ति बजार बाट देखिने उत्तरी भाग ।

Read More

आ.ब.०७४/०७५ मा निर्माण भएको सडक

Read More

आठराई गाउँपलिकाको को सक्षिप्त परिचय

नेपालका ७ वटा प्रदेश अन्तर्गत पर्ने कोशी प्रदेशको पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्ला अन्तर्गत आठराई क्षेत्रको छुट्टै महत्व रहेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिहरूको वासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैची यस क्षेत्रको आर्कषकको केन्द्रविन्दु रहेको छ ।  नेपालमै प्रसिद्धि पाएको ढाका टोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्वूहरूको धान नाच, तामाङहरूको तामाङ् सेलो, बालुन नाच, व्राह्मणले वजाउने नौमती बाजा  यस क्षेत्रलाई चिनाउने प्रमुख विषेशताहरू  हुन् ।  
    

झन्डै अस्ट्रेलियाको पूर्वी आकार परेको आठराईको बीचमा फुकेको र उत्तर, दक्षिण साँघुरिएको अवस्थामा रहेको छ । पूर्वमा तमोर नदी, पश्चिममा कोयाखोला ,उत्तरमा ताप्लेजुङ, दक्षिणमा तमोर नदीले घेरिएको उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको  नामकरणका सम्बन्धमा भने विभिन्न किंंवदन्तीहरू पाइन्छन्।
  

यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ । आठ जना रायहरूले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाँउ संक्रान्तिडाँडामा रहेछ र बास बसेको ठाँउमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बुहरूको राज्य गर्ने मानिस नभएको हुनाले अव हामीले यस ठाउको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्रलाई हाल अपभ्रंश हुदै आठराई नाम रहन गएको हो भन्ने किंम्वदन्ती पाइन्छ । यसरी यस क्षेत्रको नामाङ्कन लिम्वूहरूबाटनै भएको हो भन्ने आधारको रूपमा यस क्षेत्रका अधिकाँश टोलहरूका नाम पनि लिम्वू भाषाबाट नै नामाङ्कन भएबाट स्पस्ट हुन्छ जस्तै फुङसेङ, नासिवुङ, खाम्लालुङ, फाक्चुवा, लिसेवुङ, साम्थाङ, लिङदेन, पाक्तेन, थोक्लुङ्ग,फुङनाम आदि उल्लेख्य रहेका छन् । त्यस्तै आठराईमा लिम्वूहरूको बसोबास बढी भएको क्षेत्र हुनाले यस क्षेत्रमा अधिकांश ठाउँका नाम लिम्बू भाषामा नै राखिएजस्तै लिम्बू वंशावलीमा पनि तेह्रथुम जिल्लाको नामकरणको सम्बन्धमा किंवदन्ती पाइन्छ । “वंशावलीअनुसार मोरङ राज्यको साङलाइङ  राजाका भाइ सिदिइङ फेदाप पहाडमा बसेको अनुमान गरिएको छ। उनले दरबारका हिन्दू पुरोहितको भनाइमा लागेर आफ्नो नामसमेत “अमर राय” राखे । त्यसैको अनुशरण उनका सन्तानहरूले गरेका थिए । त्यसबेला फेदापमा छ रायहरू भए र यसका साथै उत्तरी फेदापमा सात रायहरू भए । नेपालको पूर्वाञ्चलको धनकुटा गौडामा त्यसबेला सत्र थुमको तिरो बुझाउने कार्य हुन्थ्यो जसलाइ दस लिम्बूवान र सत्र थुम भनेर अहिले पनि भनिन्छ । पछि फेदाप र उत्तरी फेदापका छ राय र सात रायलाई मिलाई छुट्टयाएर तेह्रथुम बनाइयो । यी माथिका किंवदन्तीबाट के स्पष्ट हुन्छ भने तेह्रथुम जिल्लाको नामकरण तिरो उठाउने सम्बन्धबाट भएको बुझिन्छ । “वि.सं.१९५२ सालमा सर्बे नापी हुँदा १३ वटा थुमहरू मिलाएर हालको सदरमुकाम रहेको म्याङ्लुङमा मालपोत उठाउन माल अड्डा स्थापना गरेपछि यसको नामकरण तेह्रथुम रहेको हो । वि.सं. २०२२ सालमा ७५ जिल्लामा माल अड्डा खडा भएपछि यस जिल्लाका १३ वटा थुम मध्ये पाँचथर जिल्लामा पाँचथर थुम नुभो उत्तर र नुभो दक्षिण,ताप्लेजुङ जिल्लामा तमोरखोला, मैवाखोला, मेवाखोला र याङ्रूप थुमहरू र सङ्खुवासभा जिल्लामा पाँचखपन, चैनपुर, सभाउत्तर, सङ्खुवाउत्तर र दसमझिया थुमहरू गाभिएको हुनाले अनि बाँकी रहेका फेदाप, आठराई र छथर गरी  यस जिल्लामा हाल तीनवटा थुमहरू मात्र कायम रहेका छन्।” वि.सं २०१९ साल अघि यस जिल्लाको प्रशासन धनकुटाबाट चलाउने गरिएको थियो । वि.सं २०१९ सालमा म्याङ्लुङमा जिल्लाको प्रशासन स्थापना भएपछि तेह्रथुम जिल्ला कायम भई आफ्नै अस्तित्वमा रहन गएको हो । हाल यस गाउँपालिकामा ईलाका प्रशासन कार्यालय, मालपोत कार्यलय र नापी कार्यलयको स्थापना भई सेवा संचालन भई रहेको व्यहोरा सबैमा अवगत नै छ ।

Pages

जन प्रतिनिधि

दिल कुमार पाहिम

अध्यक्ष

बली राज ईङनाम

उपाध्यक्ष

पदाधिकारी

निराज शर्मा

प्रमुख प्रशासकीय अधिकृत

शारदा रिजाल

अधिकृत (सातौ)

ई. सुमन गिरी

सूचना तथा संचार प्रविधि अधिकृत

सुजन थापा

लेखापाल

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३.बिदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४.२ प्रति फोटो
५.घर बहाल सम्झौता
६.आफ्नै घर टहरा भए चालु आ.ब.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
७.स्थानीय तहको रामम दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकाय बाट जारी गरेको व्यवसय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब /स्थानीय पन्जिकाधिकारी /फाँट कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.दुल्हा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४.चालु आर्थिक वर्ष सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब /स्थानीय पन्जिकाधिकारी /फाँट कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३.जहाँ जानेहो त्यस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब /स्थानीय पन्जिकाधिकारी /फाँट कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र
४.अविभाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.जग्गा धनि प्रमाणपत्र पुर्जा को प्रतिलिपि
३.जग्गा रहेको क्षेत्रको प्रमाणपत्र प्रतिलिपि नापी नक्सा
४.चालु आ.ब सम्मको मालपोत/घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
५.निवेदक स्वयंम वा निजको अन्य व्यक्तिलाइ तोकेको हकमा निज निवेदकले दिएको अधिकृत बरेसनामा को प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

१.निवेदन तथा नागरिकता प्रमंपत्रको प्रतिलिपि
२.नाता खुल्ने पत्रको प्रतिलिपि
३.सर्जमिन गरि बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४.चालु आ.ब सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद
५.नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२.जग्गा धनि प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३.हक भएको श्रोत खुल्ने कागजात
४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाण पत्र को प्रतिलिपि
५.अन्य आवश्यक कागजातहरु
६.चालु आ.ब सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

Pages

जानकारी