FAQs Complain Problems

समाचार

मान बहादुर लिम्बु

ईमेल: 
bbsubba96@yahoo.com
फोन: 
9852053062

  आठराई गाउँपालिका अध्यक्ष श्री मान बहादुर लिम्वुको संक्षिप्त जिवनी

जिल्ला तेह्रथुम साविक थोक्लुङ गाविस वार्ड नं. ४ वस्ने वावु स्व.सिंहराज लिम्वु र आमा स्व.मैतरानी लिम्वुका साइला पुत्रका रुपमा जन्मिनु भएका मानवहादुर लिम्वु नेपालको संविधान २०७२ मा व्यवस्था भएको तिन तहका सरकार मध्ये स्थानिय तहको सरकार प्रमुखका रुपमा २०७४ आषाढ १४ मा सम्पन्न भएको निर्वाचनवाट निर्वाचित हुनु भएको हो । नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको सयुक्त गठवन्धनलाई नेकपा एमालेको तर्फ वाट १०३ मतले पछि पार्दै निर्वाचित लिम्वुको स्थायी घर साविक थोक्लुङ गाविस वार्ड नं. ४ हाल आठराई गाउँपालिका वार्ड नं.७ मा पर्दछ । लिम्वु जाती अन्तर्गत कन्दङवा थर भएका मानवहादुरको राजनीतिक एवम सामाजिक नाम विष्णु विक्रम सुब्बा रहेकोले मानवहादुर लिम्वु नाम वाट वँहालाई चिन्ने सख्या अत्यन्त कम रहेको छ । आठराई जस्तो एक ऐतिहाँसिक भुमिमा निर्वाचित अध्यक्ष लिम्वु हाल नेकपा एमाले १ नं. प्रदेश कमिटी सल्लाहाकार परिषदका सदस्य हुनुहुन्छ । वँहाको सक्षिप्त जीवनी यस प्रकार रहेको छ ।

शिक्षा

आफ्नै घरमा दाजुको सहयोगमा साँवा अक्षरहरु चिनिसके पछि २०४१ सालमा साविक थोक्लुङ गाविस वार्ड नं. १ स्थीत श्री महेन्द्रोदय प्रा.वि. कक्षा दुइवाट औपचारिक शिक्षाको सुरुवात गर्नु भएको थियो । प्रा. वि. तहको अध्ययन पश्चात नजिकैको श्री काशिनाथ नि.मा. वि.वाट कक्षा ६ र ७ को अध्ययन गर्नु भएको थियो । नि.मा. तहको अध्ययन पश्चात मा. वि. तहको अध्ययनका लागी आफ्नै गाविस स्थीत श्री भगवती प्रस्तावित ( तत्कालिन अवस्थामा) मा.वि. मा मा. वि.तहको अध्ययनका लागी भर्ना हुनुभयो तर विडम्वना कक्षा आठको वर्षिक परीक्षामा शिक्षा विषयको नतिजामा व्यापक भेदभाव भएको पाए पछि वँहा घरवाट करिव दुई घण्टा टाडा रहेको श्री त्रि–मोहन मा. वि. मा गएर कक्षा ९ र १० को अध्ययन गर्नुभयो । कक्षा १० को अध्ययन पस्चात एस. एल. सि. मा सहभागी हुन पुर्व सञ्चालन हुने परिक्षण परिक्षामा वँहा असफल हुनुभयो । त्यस समय सम्ममा वँहाको घरायसी परिस्थिती निकै कमजोर समेत भइ सकेकोले वँहाले आफ्नो पढाइ स्थगन गरि खेतीको काम र पशुपालनतिर दुई वर्ष सम्म लाग्नुभयो । दुई वर्षको छोटो समयमानै वँहाले आफ्नो परिवारलाई ऋणमुक्त गराई वँहा ०५१ सालदेखि फेरि पुन श्री त्रि–मोहन मा.वि. कक्षा ९वाट अध्ययन सुरु गर्नु भयो । ०५३ सालमा एस. एल. सि उर्तिण गरि चुहाण्डाँडा स्थीत तेह्रथुम क्याम्पस वाट आइ. ए. र विएड गर्नु भयो । यसरी वँहाको औपचारिक शिक्षा निकै मन्द गतिमा मात्रै अगाडी वढिरएकाले हाल वँहा तेह्रथुम जिल्ला स्थीत म्याङलुङ क्याम्पसवाट स्नात्तकोत्तर द्धितिय वर्षको परीक्षा लेख्दै हुनुहुन्छ ।

 

राजनीति

२०४६ सालको आन्दोलनको समयमा माक्र्सवादी दर्शनशास्त्रका विभिन्न पुस्तकहरु अध्ययन गरि माक्र्सवाद प्रति झुकाव राख्ने क्रमको सुरुवात भयो । माक्र्सवाद प्रतिको झुकावका कारण कम्युनिष्ट पार्टीहरुका कार्यक्रमहरुमा सहभागी हुने र ध्यानपुर्वक नेताहरुका विचारहरु सुन्ने चासो राख्ने काम भएपनि सानै विद्यार्थी भएकोले कुनै जिम्मेवारी भएन । २०५१ सालमा वँहाको आमाको देहवसान पस्चात श्री त्रि–मोहन मा. वि. कक्षा ९ मा अध्ययन सुरु गर्दै अनेरास्ववियूमा संगठित हुनु भयो । ०५१ सालमा सवै वामपन्थी खेमाका विद्यार्थीहरुलाई समेटेर प्रारम्भीक कमिटीको गठन गरि त्यसको अध्यक्ष वन्नु भयो । २०५२।०५३ तिर अनेरास्ववियूले साविक खाम्लालुङ र सक्रान्तिका शैक्षिक सस्थाहरुलाई समेटेर इलाका नं. ३ मान्ने गरेको थियो त्यस कमिटीको अध्यक्ष हुदै २०५४ मा अनेरास्ववियू तेह्रथुम जिल्लाको चौथौ जिल्ला सम्मेलन आयोजक कमिटि सदस्यमा मनोनित हुदै चौथौ जिल्ला सम्मेलन वाट अनेरास्ववियू जिल्ला कमिटि तेह्रथुमको अध्यक्षमा र पार्टी गाउँ कमिटि थोक्लुङको सचिवमा निवार्चित हुनुभयो । भनिन्छ २०५४ सालमा भएको नेकपा एमाले विभाजनमा वँहा एमालेकै पक्षमा उभिएको कारण एकै पटक संगठनको जिल्ला अध्यक्ष वन्ने अवसर पाउनुभयो । अनेरास्ववियूको राष्ट्रिय सम्मेलनवाट राष्ट्रिय परिषद सदस्यमा समेत २०५४ मा नै निवार्चित हुनु भई संगठनको जिल्ला कमिटि अध्यक्ष र राष्ट्रिय परिषद सदस्य एवम पार्टी गाउँ कमिटि थोक्लुङको सचिव समेतको कार्यकाल पुरा गरि २०५६ सालमा सम्पन्न राष्ट्रिय सम्मेलनमा कोशि अञ्चलवाट निवार्चित हुने दुई केन्द्रिय सदस्य मध्ये एक केन्द्रिय सदस्यमा निवार्चित हुनुभयो । संगठनको केन्द्रिय सदस्यका हैसियतमा वैठकमा दौडने आतेजाते गर्ने क्रममा आर्थिक कठिनाई परेको भन्दै २०५८ सालदेखि अनेरास्ववियूको केन्द्रिय तहको जिम्मेवारीवाट ऐच्छिक विदाई लिनुभयो र पार्टी जिल्ला कमिटी सदस्यका हैसियतमा पार्टी काममा प्रवेश गर्नु भयो । यसै क्रममा २०५९ सालमा साविक चुहाण्डाँडा गाविस वार्ड नं. ६ वस्ने स्वर्गीय पदमवहादुर पंन्धाक र सुनमाया तामाङ (पंन्धाक) की जेठी सुपुत्री देविमाया पंन्धाक सँग पारम्पारिक विवाह गरी पारिवारिक जीवनको समेत सुरुवात गर्नुभयो । यसरी ०५८ देखि ०६४ सम्म निरन्तर नेकपा एमाले जिल्ला कमिटी सदस्यका हैसियतमा पार्टीको जिम्मेवारी पुरा गर्दै आउनुभयो । त्यस विचमा माओवादी जनयुद्धको रापले समग्र आठराइलाई प्रभावित गरि सकेकै थियो । माओवादीका अगुवा नेताहरु पटक पटक वँहा सँग भेटन र छलफल गर्न वँहाको घरमा जाने गदर्थे । तर वँहा माओवादी जनयुद्धलाई औचित्यहिन भनेर प्रतिवाद गर्नु हुन्थ्यो । नेकपा एमालेको तत्कालिन जिल्ला कमिटि सदस्यहरु मध्ये ग्रामिण भागमा वसेर माओवादी जनयुद्धको शैद्धान्तिक,वैचारिक र दार्शनिक रुपमा प्रतिवाद गर्ने एक मात्र जिल्ला कमिटी सदस्यको पहिचान वनाउनु भएका लिम्वुलाई ग्रामिण क्षेत्रवाट विस्थापित गराउन तत्कालिन माओवादी नेतृत्वले अनेकौ धाक धम्की दिनुका साथै भौतिक कारवाही गर्ने भनी जिल्ला पार्टी कार्यालयमा पत्राचार समेत गरेको थियो । तथापी वँहाले ति सवै धम्कीहरुको समेत निरन्तर प्रतिवाद गर्दै आउनुभयो । यसै क्रममा २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा तेह्रथुम जिल्लावाट नेकपा एमालेले पराजय व्यहोर्नु परे पछि सम्पन्न पार्टीको आठौ जिल्ला अधिवेशनवाट सचिवमा निवार्चित हुनुभयो । वँहा पार्टी जिल्ला कमिटीको सचिवमा निवार्चित भए पछि वँहालाई पार्टि जिल्ला कमिटीको पुर्णकालिन हुने र सम्पुर्ण समय पार्टी संगठनमा दिनु पर्ने निर्णय भए पछि वँहा गाँउ छोडेर जिल्ला सदरमुकाममा डेरा गरि वस्न लाग्नुभयो । आफुले पाएको जिम्मेवारीलाई अति जिम्मेवार ढङ्गले पुरा गर्नु पर्छ भन्ने मान्यता राख्ने अध्यक्ष लिम्वुकै मुख्य योगदानका कारण २०७० मा सम्पन्न संविधान सभाको निवार्चनमा पुन नेकपा एमालेले जिल्लामा जित हासिल गरेको देखिन्छ । यसरी २०७० को संविधानसभाको निवार्चन अगावै सम्पन्न पार्टी जिल्ला कमिटीको नवौ जिल्ला अधिवेशनवाट उप–सचिवलाई उपाध्यक्ष मान्न तयार हुदै सचिव र पुर्णकालिनको जिम्मेवारी सम्हाल्नुभयो । यसरी पार्टी जिल्ला कमिटीको दुई कार्यकाल सचिवको जिम्मेवारी पुरा गरि दशौ जिल्ला अधिवेशनमा पुगेर सर्वसहमत रुपमा अध्यक्ष आफुले पाउनुपर्ने अडान राख्नुभयो । उक्त प्रस्तावमा सहमती नभए पछि सम्पन्न आन्तरिक निवार्चनमा वँहा अध्यक्षमा पराजित हुनुभयो । वँहा पार्टी जिल्ला कमिटिको अध्यक्षमा पराजित भइसकेपछि आधुनिक व्यवसाइक कृषि पेसा तर्फ अगाडी वडनुभयो र समुह गठन गरि खेतीको समेत सुरुवात गर्नुभयो । यहि परिवेशमा स्थानिय तहको निवार्चन समेत नजिकि रहेको थियो । पार्टी भित्र र वाहिर कसले कुन ठाउँमा चुनाव लडने भन्ने चर्चा चलिरहेको वेला वँहाले यस आठराई गाउँपालिकामा चुनाव लडाउनु पर्छ भन्ने विषय पार्टीभित्र चल्नु कुनै अस्वभाविक थिएन तर वँहाले प्रारम्भमा मेरो विषयमा चर्चा र छलफल गर्ने अनुमती कसैलाई पनि छैन भन्दै सहकर्मी साथीहरुलाई नै चुनाव लडने मानसिकता वनाउन आग्रह समेत गर्नुभयो । तथापी वँहाको त्याग र कुशलताको प्रसंशकहरुले भने वँहालाई छाडन नहुने विषयलाई निरन्तर उठाइरहेकै कारण नेतृत्व जगत सँगको लामो छलफल पछि मात्र वँहा चुनाव लडन तयार हुनु भएको हो । पार्टी नेतृत्व पङती भित्र वँहालाई अत्यन्त कुशल संगठकका रुपमा चिन्ने गरिन्छ । साहित्य र दर्शनशास्त्रमा विशेष रुची राख्ने अध्यक्ष लिम्वुको हाल पार्टी नेतृत्वमा ठुलो अभाव महसुस गर्न थालिएको छ ।

वडा पदाधिकारी